धनगढी। एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखाले आईतवार मृत्यु दावीको चेक हस्तान्त्रण गरेको छ। स्व.अंश कठायतका वुबा भक्त बहादुर कठायतलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरिएको शाखाका प्रबन्धक नवराज पण्डितले बताए। उनले कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको उनलाई रू ३ लाख ४४ हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले चेक हस्तान्तरण गरेका हुन् । खड्काले मानिसले आफ्नो सुरक्षाका लागी सबैले जिवन बिमा गर्नु आवश्यक रहेको र आजै बाट हामी सबैले आफ्ना घर परिवारका सम्पुर्ण सदस्यहरुले जिवन बिमा गर्नु पर्नेमा जोड दिए। स्व.कठायतले २०७५ सालमा ३ लाखको बिमा गरेको थियो भने उनले ३ किस्ता मात्रै कम्पनीलाई बुझाएका थिए, जस्मा ६० हजार मात्रै जम्मा गरेको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले बताए। कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष नारायण साउँदले एशियन लाईफ ईन्स्योरेन्सले मृत्यु दावी वाफतको रकम समय मै दिएकोमा खुसी व्यक्त गरे। एशियन लाईफ डोटीमा सबै भन्दा पहिले स्थापना भएको हो भने यसमा अहिले सम्म डोटी बाट मात्रै २५ हजार बढीले जिवन बिमा गरेको पण्डितको भनाई छ।