धनगढी। डडेल्धुराबाट धनगढी आउदै गरेको जिप दुर्घटना भएको छ। डडेल्धुराको जोगबुढाबाट धनगढी आउदै गरेको सु।प।प्र ०१००१ ज १३६१ नम्बरको जिप शनिवार राति कैलालीको खानीडाँडामा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार जिप दुर्घटनामा २ जना घाईते भएका छन् ।
जिपका चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का दुर्घटनामा घाइते भएका छन। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार भैरहेको बताइएको छ।