कञ्चनपुर। कञ्चनपुर प्रहरीले बहुविबाह मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
जिल्ला अदालतको २०७१ बैशाख १५ गतेको आदेशानुसार एक वर्ष कैद र १५ हजार रुपैया जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१५ का केशब लुहार त्यस यता फरार रहदै आएको डिएसपी चक्रबहादुर शाहले बताए।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले आज घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।लुहारलाई आजै कञ्चनपुर जिल्ला अदालतमा पेश गराएर कारागार चलान गरिएको प्रहरीले जनाएको छ।