धनगढी। धनगढीमा उत्थानशील जिविकोपार्जन सम्बन्धि २ दिने बहस पैरवी पुनर्ताजगी तालिम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला साखाको आयोजना र बृटिस रेडक्रसको आर्थिक सहयोगद्धारा सो तालिम हिजो सोमबार देखी आज मंगलबारसम्म सञ्चालन भएको हो।
उत्थानशील जिविकोपार्जन सम्बन्धि २ दिने बहस पैरवी पुनर्ताजगी तालिममा बिपद ब्यवस्थापनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा समुहबनाई छलफल र पुनर्ताजगी तालिम दिइएको हो। तालिममा बिपद हुनुका कारण, बिपद ब्यवस्थापनकालागी निकाय तथा सरकारी संयन्त्रको समन्वयकारी भुमिकाको बारेमा छलफल र पैरवी गरिएको थियो। तालिममा सहभागीहरुले आगलागी, बाढीपहिरो, भुकम्प, डुवानकटान लगायतका बिपदका घटनामा मानविय क्षती बढी हुनुको मुख्यकारण सावधानी नअपनाउनु रहेको बताएका थिए। यस्तै उनीहरुले लापरर्वाही, जनचेतनाको कमी, अन्धबिश्वास, बृक्षारोपण नहुनु, सुचनाको पहुँच नहुनु लगायतको समस्या रहेको छलफलमा राखेका थिए। उनीहरुले २ दिनको तालिमबाट विपदजन्य घटनाको पुर्व तयारी र सुरक्षा अपनाएर जिविकोपार्जन कसरी गर्न सकिन्न भन्ने बारेमा ज्ञान लिएको जानकारी दिए। तालिममा २५ जना भन्दाबढी लाभग्राहीहरुको सहभागिता रहेको बिकास नेपालीले जानकारी दिएका छन्। विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनकालागी नेपाल रेडक्रस सोसाईटी कैलाली साखाले यसअघि पनी उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्तरगत धनगढी १३ का लाभग्राहीहरुलाई बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिम दिइएको थियो।उक्त उत्थानशील जिविकोपार्जन कार्यक्रमले विपदका घटनाबाट जनधनको क्षति कम गर्न र लाभग्राहीहरुले तालिमको उपयोग गरि ब्यवहारमा लागुगरी जिविकोपार्जन गर्न सहज वाताबरण मिल्ने अपक्षा लिएको छ।