धनगढी। कैलाली र बैतडीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साँफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर का ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको सुर्नया गाउँपालिका–१ हटैराज गुरगेलिका २५ वर्षीय दिपक चन्द पक्राउ परेका छन् । लागूऔषध चेरश १ सय ९९ ग्राम सहित सोमबार दिउँसो चन्दलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनले सोही ठाउँमा सञ्चालन गर्दै आएको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको सुचना प्रहरीले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीले उनी माथी थप अनुसन्धान भैरहेको जनाएको छ।