धनगढी। धनगढीस्थीत मोहनापुल अत्तरिया ६ लेन सडकमा राखिएका डिभाईडर हटाउन थालिएको छ। धनगढीस्थीत मोहनापुल अत्तरिया ६ लेन सडकमा सवारी दुर्घटना बढ्दै गइरहेको कारण दुर्घटना न्युनिकरण गर्न सडकमा राखिएका डिभाईडर हटाउन थालिएको हो।
डिभाईडरले सवारी दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय, धनगढी उपमहानगरपालीकाको सहकार्य र मोहना अत्तरिया ६ लेन सडक कार्यालयको सहयोगमा डिभाईडर हटाउन थालिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । सवारी दुर्घटना न्युनीकरण तथा सडकमा नै हुने पार्किङलाई हटाइने उदेश्य अनुसार सो कार्य आज देखी सुरु भएको छ।
यस्तै साईकल चालकले सडक प्रयोग गर्दा बाँया लेनको प्रयोग, साईकलमा रिफ्लेकटिभ स्टिकरको प्रयोग, सडक क्रस गर्दा अपनाउनुपर्ने सावधानि र रातिको समयमा टल्कने जाकेटको अनिवार्य प्रयोग गर्ने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामुलक कार्यक्रम गरेको छ। ट्राफिक प्रहरीले सडक कसरी पार पर्ने, कसरी आवतजावत गर्ने भन्नेबारेमा यात्रुहरुलाई जानकारी दिएका छन् । साथै यात्रु तथा सवारी धनीले ट्राफिक नियम पालना गरेर मात्रै दुर्घटना न्यनिकरण हुने बताएको छ ।