धनगढी : मुलुकभरी संगै सुदूरपश्चिम प्रदेशमापनि कुष्ठरोग निवारणमा चुनौती देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग निवारण हुन सकेको छैन । प्रदेशका केही जिल्लाहरुमा कुस्ट रोगीका नयाँ केशहरु भेटिने क्रम रोकिएको छैन । सन २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि अँझै नयाँ केश भेटिने क्रम उस्तै छ । सुदूरपश्चिम प्रदेशका ३ जिल्लाहरुमा अँझै कुष्ठरोग निर्मुलमा चुनौती छ ।
बिश्व स्वास्थ्य संगठनले १० हजार जनसंख्यामा कुष्ठरोगका केश १ भन्दा कम भएमा त्यसलाई निवारण उन्मुख भनेको छ । सुदूरपश्चिम प्रदेशका तिन जिल्ला बिश्व स्वास्थ्य संगठनले भने अनुसार कुष्ठरोग निवारण गर्न असफल भएका छन् । सुदूरपश्चिम प्रदेशमा ० दशमलव ९३ प्रतिशतमा कुस्टरोग फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चालु आर्थिक बर्षमा मात्रै ९ प्रतिशत नयाँ केश पत्ता लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुस्टरोग अधिकृत मनोज ओझाले बताए ।
सुदूरपश्चिमका ६ जिल्लामा ० दशमलव ५ प्रतिशत भन्दा कम कुष्ठरोगको प्रकोप देखिएपनि कैलाली र अछाममा १ भन्दा बढी र कञ्चनपुरमा ० दशमलव ८१ प्रतिशत देखिएको छ । कैलालीमा सबैभन्दा बढी १३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोग लागेका व्यक्तिको उपचार भइरहेको छ। ओझाले डोटीमामा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २र२ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको बताए। सुदूरपश्चिम प्रदेशमा २०५ जनामा कुष्ठरोग लागेको उनले बताए। जसमध्ये एक सय ११ जना पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखा परेको ओझाले जानकारी गराए। सुदूरपश्चिममा रहेका कुष्ठरोगका बिरामीमा १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठरोग देखिएको तथ्यांकमा उल्लेख छ।
नयाँ कार्यबिधि अनुसार ५ बर्षसम्म निरन्तर १५ बर्षमुनीका बालबालिकाहरुमा कुष्ठरोग नदेखिए निवारण भएको मानिन्छ । सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा भने नयाँ केशहरु भेटिने क्रम नरोकिएको ओझाले बताए । साथै अँझ केश पत्ता लाग्ने सम्भावना उत्तिकै रहेको उनले बताए ।
अछाम तथा कैलाली जिल्लामा अहिलेसम्म पनि कुष्ठरोग जनस्वास्थ्यको समस्याको रुपमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस संगै पहाडी जिल्लामा समयमै कुष्ठरोगका बिरामीहरुलाई उपचारमा ल्याउन सकिएको छैन । हाल नेपालले कुष्ठरोग बिहिन नेपालको परिकल्पना गरेको छ । आगामी सन २०३० सम्म नेपालमा कुष्ठरोगलाई शुन्यमा झार्ने लक्ष लिइएको छ । सुदूरपश्चिममापनि सोही लक्ष अनुसार काम अगाडी बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका निमित्त निर्देशक डा.जगदिश जोशीले बताए । निर्देशनालयले जनचेतनात्मक संगै तालिम, गोस्ठी लगायतका निवारणमुखी कार्यक्रम अगाडी बढाएको उनले बताए ।
कुस्टरोग आँखाले देख्न नसकिने माइक्रोब्यक्टेरियम लेप्रे नामको सुक्ष्म जिवाणुबमट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने ब्यक्तीहरुलाई बिषेशगरी स्वासप्रस्वासको माध्यमबाट यो रोग सर्ने गर्दछ । उपचार गरे पुर्ण रुपमा यो रोग निको हुन्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अन्य लाई सर्दैन साथै कुस्टरोग पुर्ण रुपमा निको हुन्छ र अपागंता हुँदैन ।
समयमा पत्ता लाई नियमित रुपमा उपचार पुरा गरे कुष्ठरोग पुर्णतया निको हुन्छ । कुष्ठरोगीहरुको स्वास्थ्य बिमा नेपाल सरकारले निशुल्क गरेको छ । नियमित उपचार पुरा गरेको बिरामीहरुलाई नेपाल सरकारले रु १ हजार यातायात खर्च दिने गरेको छ । कुष्ठरोग लागेमा शरिरमा दागहरु देखा पर्ने र ति दाग छुदाखेरी समेत थाहा नहुने हुन्छन् । यस्तै हातखुट्टा झमझम हुने र नसाहरु मोटा हुने, जाँच गरेरपनि कुस्टरोगको पत्ता लगाउन सकिने जनाइएको छ । नाकको डन्डी भासिने, आँखीभाउ झर्ने लगायतका कुनै लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न चिकित्सकले सुझाव दिएका छन् ।