बैतडी। बैतडीमा अवैध क्रसर उद्योग बन्द गर्न माग गरिएको छ। बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न स्थानीय बासाहरुले माग अघि सारेका हुन। स्थानीयले दोगडाकेदार गाँउपालिका ६ सित्तडका स्थानीयले अवैध क्रसर उद्योग बन्द गर्न माग अघि सारेका छन्।
स्थानीयले वडाध्यक्ष गोपाल सिह कार्की मार्फत अवैध मापदण्ड विपरित संचालन भईरहेको क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो। स्थानीयले सरकारी कार्यालय, कर्मचारीको सेटिङ्गमा अवैध रुपमा मापदण्ड विपरित उद्योग संचालनमा रहेको र त्यसले जनतालाई असर गरेकाले यथाशिघ्र उद्योग बन्द गर्न माग अघि सारेका छन।