धनगढी। कैलालीको गौरीगंगा नगरपालिकाले सडक छेउमा बनेका संरचना हटाउन सुचना जारी गरेको छ। नगरपालिकाले सडक छेउका अनाधिकृत रुपमा राखिएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगरभित्रका मुख्य तथा सहायक सडकहरुको छेउमा अनाधिकृत रुपमा राखिएका ठेलाछाप्राहरु, निर्मित टहराहरु, टिनका पाली र निर्माण लगायत सम्पूर्ण मालसमानहरु हटाउन अनुरोध गरिएको छ । सूचनामा तोकिएको समयाधि भित्र स्वस्फुर्त रुपमा संरचना नहटाए नियम बमोजिम कारवाही हुने जनाएको छ। यो हेर्नुहोस् सुचना