कैलाली। कैलालीको गोदावरी नगरपालीकाका शिक्षक प्रचारात्मक आन्दोलनमा जुटेका छन्। कैलालीको गोदावरी नगरपालिका भित्र कार्यरत नगर शिक्षकहरु आज र भोलि प्रचारात्मक आन्दोलन गर्ने भएका हुन्। समयमै तलब पाउनु पर्ने, तलब वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै प्रचारात्कम आन्दोलन उत्रिएको उनीहरुले बताएका छन्। नगर शिक्षक लगायत सहजकर्ता र विद्यालयका कर्मचारीहरुले कार्तिक देखि तलब नपाएको भन्दै विरोध गर्दै आइरहेका छन।
गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समिति, एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले सँयुक्त प्रेस विज्ञप्ती जारी गर्दै २ दिन आन्दोलन गर्ने बताएका छन। उनीहरुले आफ्ना माग सम्बोधन नगरे पौष ६ गते नगरपालिका अगाडी विरोध सभा समेत गर्ने जनाएका छन। उनीहरुले, महिना भुक्तान भएपछि ज्याला पाउनुपर्ने अधिकारबाट बञ्चित भएका छौं। हामीहरु यो अन्याय भोगिरहेका छौ। हामीले तलव समयमा नपाउँदा हामीहरु प्रताडित भएका छौ। आर्थिक समस्या भेलिरहेका छौ। आर्थिक समस्याले मानसिकरुमा आन्दोलित भएको छ। हाम्रो अधिकारमाथि खेलवाड गरिएको प्रेस बिज्ञप्ती मार्फत उल्लेख गरेका छन्। उनीहरुले आफूहरुको माग प्रति नगरपालिका उदाशिन भएको बताउँदै समस्या समाधानको माग समेत गरेका छन्।