धनगढी। प्राविधिक समस्याका कारण नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या आएको नेपाल टेलिकमले बताएको छ। आज मध्याह्न १२ बजेदेखि टेलिकमको सेवामा समस्या देखिएको थियो । २० मिनेट प्राविधिक समस्या भएको र त्यसपछि अत्याधिक कल ह्याण्डल गर्न नसक्दा केहि समय सेवा अवरुद्ध भएको नेपाल टेलिकमका प्रवक्ता सोवन अधिकारीले बताएका छन्।
नेपाल टेलिकमको मोबाइल फोन सेवा मंगलबार २० मिनेट प्राविधिक समस्याले नचल्ने भयो। २० मिनेट प्राविधिक समस्याले नचलेको फोन नचलेपनि यसको प्रभाव प्रयोगकर्ताले डेढघण्टाभन्दा बढी समय नेपाल टेलिकमको मोबाइलमा फोन गर्न पाएनन्। टेलिकमका प्रवक्ता शोभन अधिकारी २० मिनेट मात्र प्राविधिक समस्या देखिएको भए पनि त्यसको प्रभाव डेढ घण्टासम्म परेको बताए।
“२० मिनेटमा प्राविधिक समस्या समाधान भइसकेको थियो,” अधिकारीले भने, “२० मिनेट फोन नचलेपछि फोन गर्ने बढी हुँदा डेढ घण्टासम्म सेवा अवरुद्ध भयो।”त्यसपछि अत्याधिक कल भएको कारण कल ह्याण्डलिङ गर्न नसक्दा केही समय समस्या भएको थियो । अहिले समाधान भइसकेको छ,”टेलिकमका डेढ करोड प्रयोगकर्ता छन्। डेढ करोड प्रयोगकर्ता छन्। डेढ करोड प्रयोगकर्ताले डेढघण्टाभन्दा बढी समय मंगलबार फोन सम्पर्क गर्न पाएनन्। सो समयमा टेलिकमको एसएमएस सेवासमेत अवरुद्ध भएको थियो।