धनगढी। सुदुरपश्चिम प्रदेश सभाले आज पनी सभामुख निर्वाचन गर्न सकेन। सभामुखका उम्मेदवार माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मान बहादुर रावलले बहुमत पाउन नसकेपछि आज पनि सुदूरपश्चिम प्रदेशले सभामुख पाउन नसकेको हो। जम्मा ४४ जनाले मतदानमा सहभागी जनाएका थिए। पस्तावकको पक्षमा २२ मत, बिपक्षमा २२ मत खसेको थियो। नागरिक उन्मुक्ति पार्टी ७ मत तटस्थमा रहेको थियो। नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुबैमा मत दिएनन् ।
नागरिक उन्मुक्तिको ७ मत नपाउँदा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत मात्रै पाए। उता कांग्रेसका उम्मेदवार रावलले आफ्नो पार्टी, नेकपा एकीकृत समाजवादी गरि २२ मत पाएका हुन्। यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीका गरि २३ जना सांसद छन्। ज्येष्ठ सदस्य शिवराज भट्टले सभा चलाइरहेको हुँदा उनले मत दिन पाएनन् र कांग्रेसका रावलले २२ मत मात्रै पाए।
सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्तिले पनि मत दिएको भए माओवादीका भण्डारीको २९ मत हुन्थ्यो। तर, विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आफूहरूको माग सम्बोधन नभएको भन्दै कतै मत नदिने बताएका थिए। नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले प्रदेश सभामा बोल्दै अहिले तत्काल कुनै पक्षलाई मतदान नगर्ने बताएपछि सभामुख निर्वाचनअनिश्चित बनेको छ। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन्।
सुदुरपश्चिम सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बस्ने, के होला अब ?