धनगढी। सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचनको समय तोक्न पुनः सर्वदलीय बैठक सुरु भएको छ। सभामुखका लागी बहुमत नपुगेपछि स्थगित भएको सर्वदलीय बैठक आज बिहान ११ बजे भनिएपनी केही ढिला गरि सुरु भएको हो । प्रदेश सभाका ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने बताइएको छ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार रहेका छन्। विहीवार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो । शुक्रबार दिनभर बैठक बस्न सकेन। अनिश्चित समयसम्म स्थगित गरिएको बैठकबारे छलफल गर्न आज सर्वदलीय बैठक सुरु भएको हो । प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् ।उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ।थप यो समाचार पढ्नुहोस्
सुदूरपश्चिम सभाका सभाध्यक्ष भट्टले भने, मोबाइलमा चार्ज सकिएको थियो, म कानुनी परामर्शमा थिए, सुदूरपश्चिम प्रदेश सभाका सभाध्यक्ष शिवराज भट्टले आफूलाई मोवाइल अफ गरेर बेपत्ता भएको भन्ने कुरा गलत भएको बताएका छन्। शुक्रबार बिहान ११ बजे बोलाइएको सर्बदलीय बैठकपछि सम्पर्क बिहीन भएको भन्ने कुरा सार्वजनिक भएपछि कामचलाउ सभामुखको काम गरिरहेका दोस्रा ज्येष्ठ सदस्य भट्टले आफूलाई मोवाइल अफ गरेर बेपत्ता भएको भन्ने कुरा गलत भएको बताएका हुन् ।उनले मेरो मोवाइलको चार्ज सकिएकोले केही समय सम्पर्कबाहिर रहेको बताए । शुक्रबार मलाई मोबाइल अफ गरेर भाग्यो भनियो यसमा मेरो आपत्ति छ, मेरो मोबाइलको ब्याट्रिको चार्ज सकिएको थियो, उतीबेला कानुनी परामर्श पनि लिरहेको थिए उनले भने ।
उनले भने एउटा पक्षले अहिले चुनाव गर भन्छ, अर्कोले हाम्रा प्रदेश सभा सदस्य घर गइसके भन्छ, दलवीच सहमति नभएपनि शुक्रबारै बैठक बसाउन सकेन,
उनले जतिखेर जुन दलले चाह्यो त्यही अनुसार बैठक सञ्चालन गर्नुपर्ने बाध्यता नहुने बताए । उनले यो संसद् व्यक्तिको नभएकाले सबै दलहरूको सहमतिबाट सभा सञ्चालन गरिने बताए । बैठक बोलाउने समय हुन्छ , कसैले अहिले बोला, छिटो बोला भनेर हुँदैन उनले भने । उनले सत्तारुढ दलहरू नागरिक उन्मुक्ति पार्टीसँग दिनभर छलफलमै रहेको बताए । साढे ५ बजेसम्म नागरिक उन्मुक्ति दलको बैठक चलिरहेको उनको भनाई छ । उनले आज शनिवार सर्बदलीय बैठक बस्ने बताए । त्यसपछि मतदान कहिले गर्ने भन्ने छलफल हुने बताए । बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल मध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि हिजोका लागि बैठक आह्वान गरिएको थियो। तर, हिजो शुक्रबार बैठक नै बस्न सकेको थिएन। अझै पनि बैठक कहिले बस्ने र निर्वाचन कहिले गर्ने भन्ने बारे अन्योल छ। संविधानमा पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ। यहाँ पहिलो बैठक पुस १८ गते बसेको हो। त्यो अनुसार माघ २ गते सम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाइसक्नु पर्छ। फेरी सभामुख र उपसभामुखको निर्वाचन सँगै गर्न सकिने अवस्था पनि छैन। यस्तै कतिपयले माघी पर्व सकीसकेपछि २ गते निर्वाचन हुने सम्भावना रहेको बताइएको छ ।