कैलाली। कैलालीको गौरीगंगामा ७ सय जनाले निशुल्क आँखाजाँच शिबिरमा स्वास्थ्य उपचार सेवा लिएका छन्। कैलालीको गौरीगंगा नगरपालिका-७ स्थित मन्कापुरमा बिहीबार सम्पन्न भएको निशुल्क आँखा शिबिरमा ३ सय जनाले आँखा जाँच गराएका छन् । यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ९ स्थित मसुरिया साझाबजारमा आज शुक्रबार भएको निशुल्क आँखा शिबिरमा ३९८ जनाले आँखाको परीक्षण गराएका छन्।
शिबिरमा आँखाको समस्या भएका बिरामीलाई निशुल्क आँखाजाँच, औषधी र चस्मा वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देबीदत्त कडेलले शिबिरको आँखा जाँच गराएर निशुल्क आँखा शिबिरको उद्घाटन गरेका हुन्। नगर प्रमुख कडेलले निशुल्क आँखा जाँचले गाउँमा राम्रो सेवा पाउने कुरा बताए। उक्त शिबिरको नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाका सभापति छत्र बमको सभापतित्वमा सम्पन्न भएको थियो।
निशुल्क आँखा शिबिर नगरपालिकाको ११ वडामा संचालन हुने उनले वताए। यस्तै कार्यक्रममा गौरीगंगा नगरपालिका कार्यालय चौमलाका प्रशाकीय अधिकृत हरिदत्त भट्ट तथा समाजदेबीको उपस्थिति रहेको थियो। कार्यक्रममा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वंयसेबिकाले पनी सहयोग गरेका थिए । शिबिरमा धनगढी नेत्रालय प्रा.लिका नेत्र सहायक निकेत राना, दृष्टि विशेषज्ञ मेलिना मडै, सरस्वती राना, नेत्र सहायक रबिनचौधरीको टोलीले आँखा जाँच परीक्षण गरेका थिए। नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धनगढी नेत्रालय प्रालिको प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो।