सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन हुन सकेका छैनन् । सभामुखको निर्वाचनका लागी पुस २८ गते मिति तोकिए अनुसार आज निर्वाचन भएको थियो । निर्वाचनमा सत्ता गठबन्धनबाट सभामुखका उमेदवार बनेका माओवादी नेता भिम भण्डारीलाई एक मत कम पुगेको छ । बिहीवार भएको निर्वाचनमा भण्डारीले २७ मत पाएका हुन तर एक मत बदर भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सभामुखमा भण्डारीको पक्षमा २७ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो। प्रदेश सभामा ५३ जना सदस्य रहेको भए पनि ५० मत खसेको थियो।
नेकपा एमालेका चक्र मल्ल निर्धारित समयमा प्रदेश सभा भित्र पस्न सकेनन् भने नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी प्रदेश सभामा उपस्थित नै भएनन्।