धनगढी।धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा अतिविपन्न नागरिकलाई कम्बल वितरण गरिएको छ। पछिल्लो समयमा बढ्दै गैरहेको चिसोका कारण अतिविपन्न बर्गका ब्यक्ती थप समस्यामा पर्ने भन्दै नेकपा एमालेले न्यानो कपडा कम्बल वितरण गरेको हो।
नेकपा एमाले वडा नम्बर १२ का वडा कमिटी सचिव दिपेन्द्र सिंहले बुधवार एमालेले सो वडाभित्रका अति विपन्न नागरिकलाई ४० थान न्यानो कपडा कम्बल वितरण गरिएको बताए। एमाले सचिव दिपेन्द्र सिंहले आर्थिक रुपमा विपन्न परिवारलाई चिसो बढ्दै गएको अवस्थामा थोरै भएपनि राहतको महसुस हुने बताए।उपमहानगरपालिकाभित्र आर्थिक रुपमा विपन्न परिवारलाई वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्नुपर्ने कमिटी सचिव सिंहले आग्रह गरेका छन्।न्यानो कपडा कम्बल वितरण अति विपन्न नागरिक खुसी भएका छन् ।