धनगढी। सुदूरपश्चम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार गठबन्धनसँग लिखित प्रतिबद्धता मागेको छ। आफूहरुले उठाउँदै आएको माग सुनिश्चिताको विषयमा सो पार्टीले लिखित प्रतिवद्धता मागेको बताइएको छ ।यसैबीच प्रदेश सरकारको गठनको विषयमा नागरिक उन्मुक्ति पार्टीको आज डिल्लीबजारमा कोर बैठक बसिरहेको बताइएको छ।
बैठकले २ बजेभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित प्रतिवद्धता मागेको बताइएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आफूलाई छुटाउने बारे लिखित सम्झौताको माग गरेका छन्। दिउसो २ बजे सम्म यस बिषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन्। आज डिल्लीबजार कारागारमा सांसद र आफू निकटका नेताहरूलाई रेसमले उक्त कुरा बताएका एक नेताले भने । लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को हुन्छ उनले भने ।
नागरिक उन्मुक्ति स्रोतले भन्यो, ‘प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माओलीबीच भर्खरै टेलिफोन वार्ता भयो। वार्तामा उहाँहरुसँग हामीले उठाइएको माग र मुद्दा सम्बोधन सुनिश्चिताको लागि २ बजेभित्र लिखित प्रतिवद्धता मागेका छौं। यदि उहाँहरुबाट सो समयभित्र नआएको अवस्थामा अर्को गठबन्धनलाई समर्थन हुन सक्ने भनेका छौ ।’अहिले सुदूरपश्चिम प्रदेश लगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन्। सुदूरपश्चिम र लुम्बिनीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीको उपस्थिति रहेको छ । सुदूरपश्चिम प्रदेशमा रेशम चौधरीको पार्टीले जुन गठबन्धनलाई साथ दिन्छ त्यहि गठबन्धनको सरकार बन्ने देखिन्छ । अहिले सम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ । यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन्।