काठमाडौँ। नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन्। सचेतक लेखकले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए।
हस्ताक्षर गर्नेको सूचीमा पहिलो अर्जुननरसिंह केसी, दोस्रो रामहरि खतिवडा, तेस्रो दीपक गिरी, चौथो विश्वप्रकाश शर्मा र पाँचौ गगन थापा रहेका छन्। कार्यसम्पादन समितिमा महामन्त्रीहरू र अरु केही नेताले असहमति जनाएका थिए। ह्वीपमा भने सबैले सहमति जनाएका छन्।