धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षको कार्यकालको अवधीमा संघीयताको जग बसाल्ने काम भएको बताएका छन्। उनले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफ्नो पाँच वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै सो कुरा बताएका हुन्। मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावका बिच थुप्रै काम भएको र आफ्नो कार्यकालमा सङ्घीयता जग बसाल्ने काम भएको दाबी गरे।
हामीले संघीयताको जग बसाल्ने काम ग¥यौँ मुख्यमन्त्री भट्टले भने त्यसैमा टेकेर आगामी सरकारले धेरै काम गर्न सक्छ। आफ्नो कार्यकालमा उनले कृषि, पर्यटन जडीबुटी र ऊर्जालाई प्राथमिकता दिएको बताए। जिल्ला सदरमुकाम सम्म पनि सडक पुग्न नसकेको अवस्थामा उनले अहिले ४ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको मुख्यमन्त्रीको दाबी थियो।
मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा ५५ पुल बनेका, १९० किलोमिटर पक्की कुलो निर्माण गरेको २८४ किलोमिटर कच्ची कुलो निर्माण गरेको जानकारी दिए। मुख्यमन्त्री भट्टले १२ हजार ९४५ हेक्टरमा सिचाइ पुराएको र १५७ किलोमिटर तटबन्ध बनाएको जनाए। मुख्यमन्त्री भट्टले सडक पूर्वाधार शिक्षा र स्वास्थ्यमा धेरै काम भएको जनाए । भोलि सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त हुँदै छन् । त्यसको पूर्व सन्ध्यामा मुख्यमन्त्री भट्टले सरकारको प्रगति विवरण सुनाएका हुन्।