धनगढी। कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर- ६ गुलरामा सनराईज बैँकले शाखा रहित बैँकिङ्ग सेवाको सुरुवात गरेको छ । सोमबार सनराईज बैँक लिमिटेड लम्की शाखाको आयोजना र लम्की शाखाका कर्मचारीहरुको उपस्थीतीमा कार्यालय उद्घाटन गर्दै सो सेवा सुरुवात गरिएको हो।
सो शाखा सञ्चालनमा आएसँगै बैँकको शाखारहित बैँकिङ्ग सेवा संख्या ९९ पुगेको बैँकले जनाएको छ। सो शाखारहित बैँकिङ्ग सेवाको प्रतिनिधीको रुपमा महेश चौधरीलाई नियुक्त गरेको जनाइएको छ।कार्यक्रममा सनराईज बैँक लम्की शाखाका प्रमुख विर्ख बोहराको उपस्थीतीमा तथा लम्कीचुहा नगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष लोकेन्द्र कठायतको प्रमुख आतिथ्यता र स्थानिय ब्यापारी, बिभिन्न बिद्यालयका शिक्षक तथा प्रध्यानाध्यापक, सुरक्षा निकाय, वडा सदस्य, स्थानिय समाजसेवी, भद्रभलादमी स्थानिय राजनितीक दलका प्रतिनिधी, कर्मचारी, लगायत बिभिन्न अतिथीहरुको उपस्थीती रहेको थियो। उक्त कार्यक्रमको संचालन सनराईज बैँक लिमिटेड लम्की शाखाका कर्मचारी धन बहादुर ओलीले गरेका थिए। स्वागत मन्तब्य सनराईज बैँक लिमिटेड लम्की शाखाका कर्मचारी ललित जंग रावलले राखेका थिए । सो अवसरमा बैँकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागी शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखा रहित बैँकिङ्ग सेवा अन्तरगत ए टि एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राह बर्गले निक्षेप संकलन , रकम भुक्तानी, रकम स्थानान्तरण गर्न, बिल भुक्तानी गर्न जनाइएको छ। हालसम्म बैँकले १ सय ३९ वटा शाखा, ९९ वटा शाखा रहित बैँकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १ सय ६१ वटा एटिएम मार्फत आफना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। साथै भबिश्यमा बैँकले आफ्ना सेवा बिस्तार गर्ने क्रममा रहेको छ।