बैतडी। बैतडीका एक जना युवकको भारतमा मृत्यु भएको छ । बैतडी पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको भारतको पिथौरागढमा मृत्यु भएको जनाइएको छ। जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका उनको मृत्यु भएको उनका मामा धन बहादुर बोहराले बताएका छन्।
गएको एक वर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको हो। जेसीबी दुर्घटना भएर हो या च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको बताइएको छ। बैतडी प्रहरीले भने यसबारे आधिकारीक जानकारी नआएको जनाएको छ। यस सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।