धनगढी। देशको तराईका भू–भागमा हुस्सु र कुहिरोका साथै पहाडी भू–भागका एक वा दुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।यस्तै यता सुदुरपश्चिमको कैलाली कञ्चनपुरमा पनी बिहानै देखी हुस्सु र कुहीरो लागेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ ।आज राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।