अछाम। अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ। यो अस्पतालले देशभरका अस्पतालमा सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो।
द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्दबहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे। अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा।मन्दिप पाठकले नेपालमा निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप हौसला मिलेको बताए । स्वास्थको क्षेत्रमा नमुना बनेको अस्पताललले बाहिरंग सेवा तथा २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आइरहेको छ । यहाँ शल्यक्रिया मार्फत प्रसुती सेवा, सुरक्षित गर्भपतन सेवा, हाडजोर्नीका सर्जरीहरु निशुल्क, मानसिक स्वास्थ सेवा, समुदाय स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।