धनगढी। धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको जनाएको छ। प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।
सेती प्रादेशिक अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले अस्पतालमा विगत लामो समयको संघर्षपछि आज देखी CT Scan(128 Slice) सेवा पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिए। मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने गर्छ।
अस्पताल ब्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले जनशक्ती अभावले सिटिस्क्यान मेसिन सञ्चालनमा ढिलाई भएको बताए । सेती प्रादेशिक अस्पतालमै सिटि स्क्यान मेशिन शुरु भएपछि बाहिरको भन्दा आधा मुल्यमा चेकजाँच गर्न पाइने उनले बताए । बाहिरको सिटस्क्यान मेसिनको तुलनामा सेती प्रादेशिक अस्पतालको मेसिन धेरै बढी क्षमताको रहेको उनले बताए । \