धनगढी। कैलालीको धनगढीमा रहेको सारथी अस्पताल प्रा लि ले मुटु रोगको निशुल्क चेक जाच र अप्रेसन गर्ने भएको छ । सारथी अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर सङ्ग सहकार्य गरेर सेवा दिने भएको हो।सुदूरपश्चिम प्रदेश भरीका मुटु रोगबाट ग्रसित भएका नागरीकलाई घर नजिकै सेवादिने उक्त देवा सुरु गरेको अस्पतालले जनाएको छ।
अस्पतालले उपचारका लागि आउदा पुरानो कागज पत्रहरु साथमा लिएर आउन समेत अनुरोध गरेको छ।अस्पतालका प्रबन्धक बेद प्रकाश जोशीले कैलालीमा स्थापित सस्तो सारथी हाम्रो सारथी भन्ने मुल नाराका साथ बिगत लामो समय देखि गुणस्तरीय सेवा दिदै आएको जानकारी एिका छन् । उनले सारथी अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर सङ्ग सहकार्य गरेर सुदुरपश्चिममा मुटुरोग बाट पिडित व्यक्ति हरुलाई निशुल्क चेक जाच र अप्रेसन को व्यवस्था रहेको जानकारी दिएका छन् । जस्का लागी सारथी अस्पताल प्रा लि धनगढीको फोन टेलीफोन : 091523009 मोबाइल :9858424009,9848797629 मा सम्पर्क गर्न सकिने बताए ।