धनगढी : युवाको अधिकार दीगो विकास सम्बृद्धीका लागी उद्यमशीलता प्रर्वद्धन, सुदूरपश्चिममा युवाहरुको अर्थपुर्ण सहभागिता भन्ने नारा सहित सुदूरपश्चिम प्रदेशमा युवा निति बनाउन लागिएको छ । युवाहरुका मुद्धा सम्बोधनका लागी यस नितिले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ । निति निर्माणका लागी प्रदेशका युवा तथा अन्य सरोकारवालाहरु सित प्रदेश युवा परिषदले छलफल थालेको छ । सबैको छलफल र सुझाव पश्चात बन्ने युवा नितिले युवाहरुका अधिकाशं समस्या सम्बोधन हुने अपेक्षा लिइएको छ ।
युवाहरुका समस्या पहिचान र ति मुद्धाको सम्बोधन गराउने उद्देश्य सहित सुदूरपश्चिम प्रदेशले युवा निति बनाउन लागेको छ । अधिकासं बेरोजगारीको समस्यामा रहेको सुदूरपचिममा युवाहरु अशुरक्षित तरिकाले बिदेश पलायन हुने क्रमपनि निकै बढी छ । प्रदेशको कुल जनसंख्यामध्ये करिब ४० प्रतिशत युवाहरु रहेको सुदूरपश्चिममा युवाका मुद्धा सम्बोधन नभएको गुनासो गरेका छन् । प्रदेश युवा निति बने यहाँका युवाहरुका मुद्धा सम्बोधन हुने अपेक्षा लिइएको छ । प्रदेश युवा परिषद सुदूरपश्चिमले बनाएको मस्यौदामाथी सुझाव राख्दै युवाहरुले शिक्षा, स्वास्थ्य, रोजगार लगायत स्वदेशमै रोजगारी श्रृजना गर्ने खालका कार्यक्रम आउनेगरी निति बनाउनुपर्ने जोड दिएका छन् ।
बिषेशगरी संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनामा जसरी युवाहरुको भुमिका रह्यो त्यही किसिमको अधिकारपनि दिनुपर्छ भन्ने कुरामा हाम्रो जोड हो युवा नेता तथा कैलाली बहुमुखी क्याम्पसका स्वबियु सभापति चुडामणी भट्टले भने “युवाहरुलाई समेटेर मुल प्रबाहमा लान सके मात्र यो देशको बिकास र सम्बृद्धी हुन्छ त्यस कारण यो नितिमा धेरै सकारात्मक कुरा समेटिएका छन्, हाम्रा युवाहरु बेरोजगारीकै कारण भारत लगायतका खाडी मुलुक जाने गरेका छन्, हामीले उहाँहरुलाई स्वदेशमै रोक्न उद्यमसिलतासंग जोड्नुपर्ने देखिन्छ र कार्यान्वयनमा जोड दिनुपर्छ ।”
सुदूरपश्चिमको मुख्य समस्या बेरोजगारीनै हो । बेरोजगारीकै कारण हजारौँ यहाँका युवाहरु बिदेशिएका छन् । सकेसम्म ति युवाहरुलाई स्वदेशमै रोजगारी श्रृजना गर्नेगरी औधोगिक क्षेत्रको स्थापनामा जोड दिनेगरी निति बन्नुपर्ने यहाँका युवा बर्गको जोड छ । कयौँ युवाहरु लागु औषध लगायतका कुलतमा फसेर आफ्नो भविश्य अन्धकार पारिरहेको अवस्थामा उहाँहरुका लागीपनि छुट्टै निति बन्नुपर्नेमा जोड दिइएको छ ।
निति बनाउँदाखेरी बेरोजगार युवाहरुलाई प्रार्थमिकतामा राख्नुपर्छ युवा नेता समिर जोशीले भने “बिदेश गएका र कामबाट फर्केका युवाहरुलाई प्रार्थमिकतामा राखेर युवा निति ल्याउनुपर्छ, बिषेशगरी महिला, अपागंता भएका ब्यक्ती लगायत सबैको हितमा निति बन्नुपर्छ ।”
सुदूरपश्चिमको मुख्य समस्या बेरोजगारी हो धनगढीका शन्तोस पन्तले भने “ति युवाहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने, सामाजिक, आर्थिक र राजनितिक क्षेत्रमा युवाको सहभागिता कसरी बढाउन सकिन्छ भन्ने तिर केन्द्रित भएर निति बन्नुपर्छ ।”
युवाको गुणस्तरीय, व्यावसायिक, बृहत यौनिकता शिक्षा एवं जीवनोपयोगी शिक्षामा सहज पहँुच र अवसर सुनिश्चित गर्दै गुणस्तरिय र व्यवसायिक शिक्षाका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य सक्षम युवा शक्ती तयार पार्ने लक्ष लिइएको छ । यस्तै युवा परिषद सुदूरपश्चिमले तयार पारेको मस्यौदामा उद्यमशीलता विकास गर्ने, उत्पादनशील काममा अभिपे्ररित गर्ने तथा रोजगारीको उचित वातावरण सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । स्वास्थ्य, शारिरिक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सुचनामा युवाको पहुँच कायम गर्ने, प्रदेशको विकास र समृद्धिका लागि युवाको नितिगत र संरचना तहमा स्थानीय तह सम्म आर्थपुर्ण सहभागिता गराउने लगायत मस्यौदामा बुँदा समेटिएका छन् ।
यस्तै दीगो विकास, शान्ति र समृद्धि सुनिश्चित गर्न प्रदेशका सबै तह र क्षेत्रमा युवाको क्षमता विकास, सशक्तिकरण, प्रतिनिधित्व एवं नेतृत्वदायि भूमिका सुनिश्चित गर्दै युवालाई समाज परिवर्तनको निर्णायक शक्तिका रुपमा विकास गरिने, युवामा अन्र्तनिहित प्रतिभा प्रस्फुटन एवं सीप र क्षमता विकासका लागि प्रदेश तथा स्थानीय तहमा युवा प्रोफाइल तयार, अद्यावधिक गर्दै विशेष लगानी मार्फत विज्ञान–प्रविधिको उच्चतम् उपयोग गर्न युवालाई वैज्ञानिक खोज, अन्वेषण, नवप्रवद्र्धन एवं अध्ययन–अनुसन्धानका लागि उचित वातावरण तयार गरी प्रोत्साहन गरिने, दिगो विकासका लागी वातावरण संरक्षण र विश्वव्यापी जलवायु परिवर्तन, जलवायु प्रदुषण, विपद् ब्यवस्थापनमा युवाहरुकै नेतृत्व र सहभागिता सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गरिने नितिमा समेटिन लागिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा प्रभावकारी एवं परिणाममूखि प्रदर्शन गर्न सक्ने गरी खेलाडीको वृतिविकासमा जोड दिदै कला र संस्कृतिलाई पर्यटन र मनोरञ्जनसँग जोडी खेलकुदको वैज्ञानिक र व्यावसायीकरण गरिने, अपांगता भएका, जोखीममा रहेका, अल्पसंख्यक तथा सिमान्तकृत लगायतका विशेष समुहका युवाहरुलाई प्राथमिकता प्रदान गरि सशक्तिकरण र अभिमुखीकरण मार्फत राष्ट्रिय विकासको मुलधारमा समाहित गरिने, युवाको विकासका लागी नेपाल सरकार प्रदेश सरकार स्थानीय तह, राजनितिक युवा सघं संगठन, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, सहकारी, निजि क्षेत्र र दातृनिकाय संग समन्वय, सहकार्य र साझेदारी गरिने प्रदेश युवा नितिको मस्यौदामा उल्लेख छ ।
ति बुँदा माथी परिषदले सुझाव मागिरहेको छ । आजपनि एक कार्यक्रमको आयोजना सुझाव संकलन गरिएको थियो । प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले आएका सुझावहरुलाई आवश्यक्ताका आधारमा समावेश गरिने र चाँडै अन्तिमरुप दिने बताएका छन् । सबै युवाको हित हुने र प्रदेशको बिकासमा लगानी हुनेगरी निति निर्माण गर्ने र नयाँ सरकार गठन लगत्तै पास गर्ने लक्ष राखेको कुँवरले बताए ।
युवाका लागी भन्दै बिभिन्न कार्यक्रम आएपनि ति कार्यक्रमको कार्यान्वयन नभएकै कारण अझैँ हजारौँ युवाहरु भारत तथा अन्य खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । त्यस कारण युवा परिषदले सबै क्षेत्रमा प्रतिनिधित्व गर्ने युवाका सुझाव लिई आवश्यक्ता अनुसारको निति निर्माण गर्न आवश्यक छ ।