बैतडी। बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले गरेको प्रारम्भिक अनुुसन्धानबाट पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको हो । पुस २ गते कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि विष्टको शव भेटेको थियो । सोही दिनबाट सुरु गरेको प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
अहिले सम्मको अनुसन्धानमा शिक्षकको हत्या भएको प्रहरीले ठहर गरेको छ। हत्यामा संलग्नहरू पनि आजै सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ’ एक प्रहरी अधिकारीले भने ‘आजै सार्वजनिक पनि हुन सक्छ। अनुसन्धानको केही अंशहरू मात्रै बाकी छ।’ प्रहरीले अहिले सम्म ११ जना शङ्कास्पदलाई पक्राउ गरिसकेको छ। ती मध्येबाटै केहीले घटनाको अभियोग स्वीकार गरिसकेको प्रहरी स्रोतको दाबी छ। प्रहरीले चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।