बैतडी।बैतडीको मेलौलीमा १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमै बनाउनुपर्ने माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको छ । मेलौली नगरपालिका क्षेत्रभित्र १५ शैय्याको अस्पताल निर्माणका लागि ७ नम्बर वडामा पहिलादेखि नै सो स्वास्थ्य केन्द्र रहेकाले सोही ठाउँमा अस्पताल बनाउनुपर्ने माग गरेका छन्।
सोही ठाउँमा अस्पताल बनाउनुपर्ने माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ। १५ शैय्याको अस्पताल निर्माणका लागि वडा नं १ बिट्ठेनी र वडा नं ७ काँडा गरी दुई ठाउँमा जमीन छ । २०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणको कुरा अघि बढेको भएपनि दुई पक्षबीच विवाद हुँदा कार्यान्वयन हुन सकेको छैन्।
यो भन्दा पहिला वडा नं १ का बासिन्दाहरुले बिट्ठेनी अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेका थिए। अहिले वडा नं ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन्। नगरपालिकामा अस्पतालकै बिषयलाई लिएर तालाबन्दी भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताएका छन्।