बैतडी। बैतडी माया लुहारको हत्याका आरोपी भरतराम कोलीलाई हिरासतमै राख्न दोस्रो पटक म्याद थप भएको छ । बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया लुहारको हत्या आरोपी शिवनाथ गाउँपालिकाका कोलीलाई हिरासतमै राख्न अदालतबाट म्याद थप गरेको हो।जिल्ला प्रहरी कार्यालय बैतडीले उनीमाथि अनुसन्धान गर्न दोस्रो पटक जिल्ला अदालतबाट म्याद थप भएको जनाएको छ ।
पहिलो पटक १९ गते १० दिनका लागि म्याद थप भएकोमा फेरी आजदेखी दोस्रो पटक १० दिनका लागी म्याद थप भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज अवस्थीले हिरासतमै राखि अनुसन्धान गर्न म्याद थपिएको जानकारी दिए।सशस्त्र प्रहरी जवान समेत रहेका कोलीमाथि शिवनाथ गाउँपालिका–६ स्थित नेपाल टेलिकमको टावरनजिकै बोलाएर मायाको हत्या गरेको आरोप रहेको छ । मायासँगै त्यहाँसम्म गएकी नेहा लुहार घाइते भएकी थिइन् । घाइते भएकी उनको अस्पतालमा उपचार भैरहेको छ। कोलीलाई १८ गते कञ्चनपुर प्रहरीले महेन्द्रनगरको बषपार्कबाट पक्राउ गरीएको थियो।