कैलाली। कैलालीको गोदावरीका नगरप्रमुख तथा मेयर बिरेन्द्र भट्टले गोदावरीमा छिट्टै लालपुर्जा वितरण हुने बताएका छन्। गोदावरी नगरपालिका ४ मा पहिलो पटक सुरु गरिएको नापीको उद्घाटन गर्दै मेयर भट्टले मंसिर ४ को निर्वाचनका कारण रोकिएको लालपुर्जा छिट्टै वितरण हुने बताएका हुन् ।
मेयर भट्टले मंसिर ४ को निर्वाचनका कारण तयारी अवस्थामा रहेका १३ सय लालपुर्जा छिट्टै वितरण हुने उनले बताए । उनले मंसिरको निर्वाचन अघि हामीले १३ सय लालपुर्जा बनाइसकेका थियौ।निर्वाचनको आचारसहिता लागेपछि ति पुर्जा वितरण गर्न नपाएको उनले भने। वडा नम्बर १ र २ का तयार भएका पुर्जा पनि हामीले वितरण नगरी राख्नुपर्ने अवस्था आएकोले अब आचारसहिता हटेसंगैवितरण गर्ने प्रक्रिया सुरु हुने बताए।
यस्तै लालपुर्जा वितरण गर्ने तयारी गरेपछि राजश्व धेरै भयो भन्ने गुनासो आएकाले त्यसलाई घटाउन पक्रिया अगाडी बढाएको बताए। नेपालमै पहिलो पटक गोदावरी नगरपालिकाले राजश्व घटाउनु पर्छ भनेर राष्ट्रिय भूमि आयोगमा ज्ञापन पत्र बुझाएको उनले जानकारी दिए । उक्त ज्ञापन पत्र राष्ट्रिय भूमि आयोगले मन्त्रि परिषदमा पठाएको र अब महशुल घट्ने अपेक्षा लिएको बताएका छन्।