कैलाली। सरकारले टीकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी अध्यादेश ल्याएपछि पीडित परिवारले आक्रोश व्यक्त गरेका छन् । राजनितीक दलहरुले आफ्नो स्वार्थ र सत्ता टिकाउन अपराधीलाई छुटाउन खोज्नु पनि अपराध नै भएकाले राज्यबाटै न्याय मार्ने काम हुन थालेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन्।
सरकारले स्वार्थ र सत्ता टिकाउन अपराधीलाई छुटाउन नहुने उनीहरुको भनाई छ । यस्तो काम राज्यबाटै न्याय मार्ने काम बन्द गर्न उनीहरुले बताएका छन्।टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदाले न्याय पाउनेभन्दा पनि झन् पीडा बढाउने काम भएको बताइन्। उनले सरकार गठनका बेला जहिल्यै पनि यस्तै हुने गरेको र पीडितको पीडामाथि खेलवाड हुने गरेको उनले बताइन् ।‘दुई तहको अदालतबाट फैसला भएर सर्वोच्चमा विचाराधीन मुद्दामा सरकारले यसरी अगाडि बढ्नु नहुने उनको भनाई छ। सरकारले जारी गरेको अध्याधेशले चिन्तीत तुलाएको उनले बताइन्। उनले यस्ता पटक पटक अल्झीरहने यो बिषयले दुखीत बनाएको बताईन् ।
उनले सर्वोच्च अदालतले पनी न्याय पाउने आशामा पर्खिरहेको बेलामा सरकारले एकाएक अध्यादेश ल्याएर ति अपराधीहरुलाई छुटाएर सरकारमा लैजान्छु भन्दा धेरै दुखी बनेको बताइन्। सरकारले अहिलेसम्म हामी पिडीतसँग कहिलै कुरा नगरेको उनले भनिन्। उनले भनिन्, न्यायका लागी सडक र न्यायालय सम्म पु्ग्ने गरी आवाज उठाउने उनले बताइन्। उनले कानुनी राज्यलाई बेतिथीमा नलैजान सरकारलाई अनुरोध समेत गरेकी छिन्। राजनितीक दलले आफ्नो स्वार्थकोलागी अध्याधेस ल्याएर भोली अपराधमा संलग्नहरुले देश बर्वाद पार्ने काम हुने उनले भनिन्। यस्तै मृत्यु भएका नाबालकका हजुबुवाले पनी राजनितीक दलले आफ्नो स्वार्थकोलागी अध्याधेस ल्याएको बताए। सरकारले घटनामा संंलग्न दोषीलाई नियम र कानुन अनुसार दण्डीत गर्नुपर्ने उनले बताए।
जेलबाट छुटाई आफ्नो स्वार्थकोलागी अध्याधेस ल्याउनु उचित नहुने उनको भनाई छ। टीकापुर घटनामा मृत्यु भएका अर्का प्रहरी निरीक्षक बलराम विष्टकी छोरी जानुले पनि गलत काम गर्नेलाई सरकारले संरक्षण गर्न नहुने बताइन् । ‘राज्यका लागि खटिने सुरक्षाकर्मी र तिनका परिवारले न्याय नपाए यहाँ अरूले न्यायको कसरी आस गर्ने ?’ उनले भनिन्, ‘सरकार गठनका बेला हाम्रो पीडा बल्झाइन्छ, राज्यले नै दुःख दिने काम गर्छ ।’ २०७२ भदौ ७ गते ८ जनाको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि उनी जेलमा छन् ।