कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा फेला परेका छन्। लालझाँडी गाउँपालिकाका अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना आज दिउँसो लालझाडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा राना फेला परेको बताए । गाउँपालिकाका अध्यक्ष राना काठमाडौंमा रहेकाले उनी घर आइरहेको प्रहरीले बताएको छ । घटनास्थल घरभन्दा १ किलोमिटर टाढा रहेको छ। प्रहरीको टोलीले अहिले घटनास्थलमा पुगेर मुचुल्का तयार पारिरहेको र थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।