धनगढी। नेपाल परिवार दलका युवानेता खडक नागरीले बिचल्लीमा परेका ५ जना परिवारलाई सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ दोघौरामा अरुका घरमा साहारा लिई बसेका ५ जना परिवारलाई खाद्यवस्तु तथा न्यानो लुगा कपडा वितरण गरी सहयोग गरेका हुन्।
युवानेता नागरीले बिचल्लीमा परेका ५ जना प्रतिपरिवारलाई २५ केजी चामल ५ केजि आटा २ केजी मसुरको दाल २ केजि चना २ लिटर तोरीको तेल,५०० ग्राम मसला बितरण गरेको बताए। यस्तै बच्चाको लागि एक सेट न्यानो कपडा, ३ जना छोरीहरुलार्इ न्यानो सुरवाल राहत वितरण गरेको बताए। सहयोग गर्ने क्रममा सोही क्षेत्रका समाजसेवि शिक्षक देवराज जोशीको सहभागीता रहेको थियो । पिडितले खुसि ब्यक्त गर्दै नेता नागरीलाइ धन्यवाद दिएका छन् । साथै नेता नागरीले आफुबाट हुने सहयोग सधै गर्ने बाचा ब्यक्त गर्दै धन्यवाद दिएका छन्।