काठमाण्डौँ। नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ। शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको नाम टुंगो लगाएको जनाइएको छ। तर, कांग्रेसले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन। नेपाली काँग्रेसले तीन वटा प्रदेशका सांसदहरूको नाम टुङ्गो लगाएको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशतर्फका समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको हो। सङ्घ र अन्य प्रदेशमा विवाद सिर्जना भएपछि यसको अन्तिम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ। यही नाममा सहमति हुने ती पदाधिकारीले दाबी गरेका छन्। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।
गण्डकीप्रदेश सभामा खसआर्यबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का, कल्पना तिवारी दलितबाट दिल माया पौबि, टीका कुमारी बस्याल जनजातिबाट विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ, पार्वती तामाङ कर्णालीबाट खसआर्य जानकी सिंह, विजया बुढा, इन्द्र कुमारी शाही दलितबाट लक्ष्मी सुनार, जनजातिबाट बलिमाय बुढा सांसद बनेका छन्। बैठकले प्रदेशको टुंगो लगाएको र संघको केही विवाद भएकाले छलफल जारी रहेको बताइएको छ।यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ। कांग्रेसले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। यही नाममा सहमति हुने ती पदाधिकारीले दाबी गरे।प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ।सुचिसहितको नाम हेर्नुहोस्
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
खस आर्यतर्फ
९. अम्बिका बस्नेत
१०. सरिता प्रसाईं
११. आरजु राणा देउवा
१२. ईश्वरी न्यौपाने
१३. प्रतिमा गौतम
१४. मञ्जु खाण
१५. रमा कोइराला पौडेल
१६. कान्तिका सेजुवाल
१७. मैना रावल कार्की
मधेसीतर्फ
१८. नागिना यादव
१९. मुक्ता कुमारी यादव
२०. चन्दा चौधरी
२१. संगीता मण्डल
२२. निनुकुमारी कर्ण
दलिततर्फ
२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक
थारुतर्फ
२७. कल्पना चौधरी
२८. विना कुमारी थनेत
मुस्लिमतर्फ
२९. जावेदा खातुन जागा
तीन जना पुरुष
३०. जीवन परियार
३१. विमलेन्द्र निधि
३२. प्रकाशशरण महत