बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका १० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साँउदको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।
जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो ।