बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया हत्याका आरोपीत भरतराम कोलीलाई प्रहरीले सार्बजनिक गरेको छ। हिजो आईतबार महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीलाई जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो। भरतले मायाको हत्या आफैले गरेको स्वीकार गरेका हुन् । पक्राउ परेका कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ बताएका छन्।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउली सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परेकी थिइन्। शिवनाथ गाउँपालिका–६ की माया लुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन्। मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको हो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए।
प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। राति महेन्द्रनगरबाट बैतडी पु–याइएका कोलीलाई आज अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले बताए। कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर गएका हुन्।
कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले उनीमाथि किटानी जाहेरी दिएर कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। माया र नेहा गत मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। मंगलबार मायाको हत्यापछि कोली आफ्नै घरमा सुतेको र अर्को दिन बिहान १० बजेसम्म घरमै रहेको स्थानीयले बताएका छन्। त्यसपछि भाग्दै कोली डडेल्धुरा पुगेको खुलेको थियो। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। कञ्चनपुर प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए। हिजो आइतबार बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए।