अछाम। अछाममा तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर बालकको मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो।
पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै उनको मृत्यु भएको हो। आज दिउँसो पुरन भुलका दुबै छोरा तरुल कोर्न जंगल गएका थिए । तरुल कोर्ने क्रममा गौतम भुलको मृत्यु भएको हो । उनी ढुङ्गा मुनि च्यापिएका थिए। मृतक बालक मंगला राष्ट्रिय मा बिमा कक्षा ५ मा अध्यनरत थिए।