डडेल्धुरा। डडेल्धुरा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले अग्रता लिएका छन्। जोशीले सुरुवातदेखि नै फराकिलो अन्तर बनाइरहेका हुन्। ६ हजार ९३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार जोशीले २ हजार ८५८ सय मत प्राप्त गरेका छन्।
कांग्रेसका उम्मेदवार तथा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले २ हजार ३७१ सय मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका गजेन्द्रबहादुर शाहीले २९० मत प्राप्त गरेका छन्।