प्रधानमन्त्री एवंम काँग्रेस सभापति शेरबहादुर देउवा एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको डडेल्धुरामा दोब्वर मतसहित अग्रस्थानमा छन् । कुल ११ हजार ३ सय ७० मत गणना हुँदा देउवाले ५ हजार ७ सय ८७ मत ल्याएका छन।
जो कुल गणना गरिएको मतको ५० प्रतिसत भन्दा बढी हो। यसै बिच दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल २ हजार ७ सय ९७ मत सहित दोस्रो र नेपाली काँग्रेस बिपिका कर्णबहादुर मल्ल १ हजार ६ सय ९० मत ल्याई तेस्रो स्थानमा छन् । ७ सय १० मत बदर भएका छन् ।
डडेल्धुरामा हिजो साँझदेखि मतगणना सुरु गरिएको हो । ५१ हजार बढी मत खसेका छन् ।