डडेल्धुरा। डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ। १७०१ मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन्।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन्। सुरुवाति परिणामअनुसार देउवाले ७८५ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ३५३ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ३९१ मत पाएका छन्।