धनगढी। कैलालीको धनगढीमा मंगलवार क्लिनिकल कानूनी शिक्षा सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कानून संकायले न्यायमा पहुँच बढाउने उद्येश्यका साथ सुरु हुन लागेको कार्यक्रमको पूर्व सन्ध्यामा मंगलवार एक दिने क्लिनिकल कानुनी शिक्षा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा क्लिनिकल कानुनी शिक्षाको आवश्यकता र प्रभावकारीताको बारेमा कैलाली बहुमुखी क्याम्पसमा बिए एलएलवि तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई सिकाईएको छ । कैलाली जिल्ला अदालतका माननीय न्यायाधिस विष्णु प्रसाद अवस्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कानुन संकायका डिन कर्ण थापा , अधिवक्ताहरु ठेकेन्द्र जोशी, पुष्प साही , यु एन डिपीका प्रतिनिधि टेक ताम्राकार लगाएतका सो कार्यक्रममा आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।
कानुनी शिक्षाको आवश्यकता र शिक्षा हासिल गरेपछि समाजलाई गुर्न पर्ने योगदानका वारेमा विद्यार्थीहरुलाई सिकाईएको कानुन संकायका डिन थापाले बताए । विद्यार्थीहरुलाई सैद्धान्तीक संगै प्रयोगात्मक ज्ञान र सिपको विकास गर्ने उद्येश्यका साथ क्लिनिकल कानूनी शिक्षा सम्वन्धी कार्यक्रम सुदूर पश्चिम विश्वविद्यालयले नेपाल सरकारको कानुन तथा संसदिय मामीला मन्त्रालयको आर्थिक सहयोगमा युएन डिपी संगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।
क्लिनिकल कानुनी शिक्षा भनेको एकीकृत कानुनी सहायता कार्यान्वयन र सुदृढीकरण गर्ने, विद्युतीय न्याय, सुशासनको थालनी र परीक्षण, कानुन कार्यान्वयन, देवानी र फौजदारी न्याय प्रणालीमा सुदृढीकरण, न्यायिक समितिलाई सहयोग, र मानव अधिकार कार्यान्वयन, महिला र सीमान्तकृत समुदायलाई कानुनीरुपमा सशक्तिकरण, विभेद र लिङ्गमा आधारित हिंसाका सम्बन्धमा कानुनी सेवा प्रदान गर्नाका साथै ती विषयमा निःशुल्क कानुन व्यवसायी पनि उपलब्ध गराउने कार्यक्रम हो । सो कार्यक्रम त्रिभुवन विश्वविद्यालय , मध्यपश्चिमाञ्चल विश्वविद्यालय, पूर्याञ्चल विश्व विद्यालय लगायतका विश्व विद्यालयमा सञ्चालनमा रहेका छन् ।