धनगढी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले देशमा रोजगारि स्थापना गर्न एमालेको सरकार बन्नु पर्ने बताएका हुन । गोदावरी नगरपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै उनले एमालेको नीति देशमा उधोग स्थापना रोजगारी प्रदान गर्न रहेको बताएका हुन ।
एमालेको सरकारले देशमा रोजगारी स्थापना गर्नका लागि देशका विभिन्न क्षेत्रमा उद्योगको सिलन्यास गरिसकेको बताउदै उनले गठबन्धन सरकार जनताको सुखिका दिन देख्न नसकेर सबै योजना रोकेको बताए । काठमाण्डौ र सुदूरपश्चिमको शैक्षिक गुणस्तर एउटै बनाउन शिक्षा क्षेत्रका सघसस्था र राजनितिक दल एक ठाउमा बस्नु पर्ने बताए । उनले सस्थागत र निजि बिधालयको बिकासका लागि प्रतिबद्ध रहेको बताए ।
अब्यवस्थित, सुकुम्वासि र भुमिहिनको ब्यवस्थापनका लागि एमालेले सरकारको नेत्रित्व गर्न आवश्यक रहेको बताउदै उनले गठबन्धनले सरकारले भुमि आयोग माफर्त ब्यबस्थापन गर्दा अवरोध गरेको आरोप लगाए । भुमि आयोगले लालपुर्जा बितरण गर्ने तयारी गरिरहेका बेला गठबन्धन सरकारले आयोग बिगठन गरेको बताउदै उनले भुमिको समाधान एमाले सरकारले मात्रै गर्न सक्ने बताए ।
उनले गठबन्धन सरकारले लालपुर्जा वितरणका नाममा जनताबाट पैषा असुल गर्न खोजेको आरोप लगाए । कैलालीका केही ठाउमा त एक कट्टाको लाखौ रकम समेत तोकेको गुनासो गरे । यस्तै क्षेत्र नम्वर ४ प्रदेश ‘ख’ का उमेदवार हरि सिह साउदले जनताका आवश्यकता पुरा गर्न एमालेको सरकार बन्नु पर्ने बताए । उनले जनताको शिक्षा स्वास्थ्य र आवासमा सहज पहुच बनाउन मंसिर ४ पछि एमालेको सरकार बन्न आबश्यक रहेको बताए ।
गोदावरी नगरपालिको ५ बर्षे कार्यकालमा जनतालाई शिक्षा स्वास्थ्यको सहज पहुचमा ल्याएको बताउदै उनले भुमि व्यवस्थापन, बाटोको स्तरोउन्तती र कटान नियन्त्रणलाई पहिलो भुमिकामा राखेर काम गरेको बताए । गोदावरी नगरपालिकाका विगट गाउमा बाटो, बिधुतीकरण, स्वास्थ्य सेवा लगाएतका सेवा पुगाएको दावि गर्दै उनले बाकि रहेका बिकास काम अवका ५ बर्षमा पूरा गर्ने आश्वासन दिए ।