डडेल्धुरा। डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले चुनाव जितेमा प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन्। चुनाव प्रचार प्रसारका लागि गृहजिल्लामा रहेका प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले चुनाव जितेमा आफूले प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका हुन्।
गृहपालिका गन्यापधुरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने छु उनले भने। तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु, देउवाले भने। उनले संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए। संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ, उनले भने। स्वतन्त्र न्यायपालिकाका लागि गठबन्धन लागिपरेको उनको भनाइ छ। न्यायपालिका स्वतन्त्र हुनुपर्छ। त्यसमा गठबन्धन लागेको छ। नेपालमा स्थायित्व र स्थिरताका लागि हामी लागेका छौँ, देउवाले भने।