बैतडी। नेकपा एकीकृत समाजवादीले बैतडीको प्रदेशसभा (१) मा गठबन्धन नभएको स्पष्ट बताएको छ। पार्टिका जिल्ला कमिटी अध्यक्ष महादेव भट्टले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बैतडीको प्रतिनिधिसभा क्षेत्रतर्फ गठबन्धन रहेको तर प्रदेशसभा (१) मा भने गठबन्धन नभएको बताएको हो । प्रदेशसभा (१) मा पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र विष्ट भएको बताएको छ। बैतडी प्रदेशसभा(१) मा विष्टलाई मतदान गर्न आग्रह गरेको छ। एकीकृत समाजवादीले
प्रतिनिधिसभा क्षेत्रतर्फ गठबन्धन रहेको तर प्रदेशसभा (१) मा पार्टीले आफ्नै उम्मेदवार उठाएपनि कतिपय उम्मेदवारले गठबन्धन भएको भन्दै भ्रम फिजाएको जनाएको छ। प्रेस बिज्ञप्ति मार्फत त्यस्तो भ्रममा नपरेर पार्टीका आधिकारिक उम्मेदवार विष्टलाई मत दिन अपिल गरिएको छ । विष्टले आफ्नो उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई समर्थन गरेको भ्रम फैलाइएको एकीकृत समाजवादीले जनाएको छ।
बैतडीको प्रदेशसभा (१) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका वीरबहादुर विष्ट उम्मेदवार छन्। उनीविरुद्ध कांग्रेसकै हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमालेले सुरेन्द्र पाल उम्मेदवार छन्। नेकपा एसले गठबन्धनबाट बैतडीका कुनै पनि क्षेत्रमा टिकट नपाएपछि नरेन्द्र विष्टलाई प्रदेशसभा (१) मा उम्मेदवार बनाएको जनाएको छ।