धनगढी : नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले अगामी निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठूलो दलका रुपमा अनुमोदन गर्ने बताएका छन् । भण्डारीले सुदूरपश्चिम प्रदेशमा समेत प्रतिनिधिसभा र प्रदेशसभातर्फ एमाले नै पहिलो दल बन्ने भण्डारीको दाबी छ ।
बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका भण्डारीले मंसिर ४ पछि एमालेले नै संघीय र प्रदेश सरकारहरुको नेतृत्व गर्ने बताउदै सुदूरपश्चिममा पनि एमालेकै नेतृत्वमा सरकार बन्ने बताए । ‘अगामी निर्वाचनमा सुदूरपश्चिममा हामी पहिलो पार्टी भएर प्रतिनिधिसभामा यहाँबाट सबभन्दा बढि प्रतिनिधित्व हुनेछ,’ भण्डारीले भने, ‘प्रदेशसभामा पनि सबैभन्दा ठूलो पार्टीका रुपमा जनताले अनुमोदन गर्नेछन् र हामी सरकार बनाउनेछौँ ।’