धनगढी :आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा हुँदैछ । यतिबेला बिभिन्न दल तथा स्वतन्त्र ब्यक्तीहरु मनोनयन दर्तापछि चुनावी अभियानमा केन्द्रित छन् । एका तर्फ सत्ता गठबन्धन त अर्को तर्फ एमाले सहितका दलहरु चुनावी मैदानमा होमिएका छन् । आसन्न निर्वाचनमा बाम लोकतान्त्रीक गठबन्धनबाट कैलाली ५ क प्रदेशसभाका लागी साझा उमेदवार रहेका नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश सिहं धामीसंग चुनावी रणनितिका बिषयमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले गरेको कुराकानी
जनताको घरदैलो शुरु गर्नुभयो के छ माहोल ?
निर्वाचन घोषणा र उमेदवारी दर्ता गरिसकेपछि गठबन्धन दलको बैठक बसेर वडा स्तरका चुनावी गतिबिधी अगाडी बढाउन हामीले वडा स्तरिय प्रचार प्रसार समिति बनाइसकेका छौँ । चुनावका तयारी जे गर्नुपथ्र्यो ति काम गरेर हामी अगाडी बढिरहेका छौँ ।
प्रचार प्रसार कतिको बनाउनुभाको छ ?
प्रचार प्रसारमा सबै साथीहरु खट्नुभाछ, हामीपनि जहाँ जहाँ भेट्नुपर्ने छ त्यहाँ उमेदवार आफै पुगेर भेटघाट गरिरहेका छौँ ।
२०७४ मा प्रदेशसभा ख लड्नुभएको अहिले क मा जानुभाछ के छ माहोल यताभन्दा फरक छ की ?
मेरो लागी उस्तै उस्तै हो । हाम्रो आधार प्रदेशसभा ख भन्दा क हो । क प्रदेशसभामा हामीले जनयुद्धताका काम गरेको क्षेत्र हो यता भन्दा क मा बढी सहज देखिन्छ ।
नेताहरु धेरै दावेदार हुनुहुन्थ्यो कुरा नमिलेर माओवादीबाटै बागी उमेदवारी परेको छ यो स्थिती किन आयो ?
उमेदवार बन्ने र चाहाना राख्ने कुरा स्वभाविक हो । एउटा परिस्थितीमा सबैको उमेदवारी परेको थियो । मेरो पनि दावी थियो । पार्टीले रमेश धामीलाइनै टिकट दिनु उपर्युक्त हुन्छ ठानेर मेरो नाममा टिकट पठाउनुभयो । त्यसपछि केही साथीहरुले मलाई समर्थन गर्नुभाछ, केहीले उमेदवारी दिनुभाछ उहाँहरुपनि अन्तसम्म निर्णय सच्याएर पार्टीकै पक्षमा आउनुहुन्छ भन्ने बिश्वास छ ।
प्रतिस्प्रधा एमाले र तपाइबिच नै हुन्छ होला प्रतिस्प्रधीका अगाडी कसरी प्रस्तुत गर्नुभाछ ?
बाहिरबाट हेर्दाखेरी स्वभाबिक त्यस्तो देखिन्छ, म चाहीँ उमेदवार जती हुनुहुन्छ सबै मेरा प्रतिस्प्रधीनै ठान्छु ।
जातियताका मत तान्न एमालेले थारु उमेदवार उठाएको छ त्यसको प्रभाव तपाइलाई कति पर्छ ?
मनोबिज्ञानले केही समस्या पैदा गर्न खोजेका छन् । म र मेरो पार्टीका सम्बन्धमा भन्ने हो भने, हिजोका दिन जनयुद्धमा थारुका अधिकारका बिषयमा, उहाँहरुको आन्दोलनमा एक्यबद्धताका हिसाबमा मेरो जहिले अग्रणी भुमिका रह्यो । पार्टी कार्यक्रता र मतदातालाई मेरो योगदान थाहा छ त्यस कारण थारु भएकै कारण नेपालुजी ले मत पाउँछन भन्ने लाग्दैन ।
के पाउनु भाको छ ?
आम मतदाताका बिचमा पुगिसकेका छैनौ । बाहिरको माहोल हेर्दाखेरी रमेश धामीले चुनाव जित्छन भन्ने देखिन्छ ।
के एजेण्डा लानुहुन्छ घरदैलोमा ?
मेरो निर्वाचन क्षेत्रमा १३ वटा वडा छन् । धेरै बिकट क्षेत्रपनि छन् । मेरो निर्वाचन क्षेत्र हेर्दा चारवटा कलस्टरमा छ । ति चारवटै कलस्टरमा बिभाजन गरेर हेर्दा सबै खालका बिकास आवश्यक छन् । ति बिकासका लागी मैले चार वटै प्याकेजमा राखेर बिकासका काम गर्ने सोचेको छु । कैलारीका २ वडा तत्कालिन गदरिया गाबिस हाम्रै क्षेत्रमा पर्छन्, त्यो क्षेत्र निकै पछाडी छ, हालसम्म त्यहाँ एक किलोमिटरपनि कालोपत्रे सडक छैन । त्यस कारण मेरा लागी धेरै चुनौतीपनि छ । त्यो क्षेत्र मैल बुझेको छु र मैले जित्दा बिकास गर्न सहज हुन्छ । उर्मा, फुलवारी, धनगढीभित्रकै वडा पछाडी परेका छन् । भोली शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा सामाजिक उत्थानका लागी मेरो निर्वाचन क्षेत्र निकै पछाडी छ त्यस कारण भोली यि समस्या निवारण गर्ने गरीनै अगाडी बढेको छु ।
यो क्षेत्रमा तपाइको बिगतका योगदान के रहे ?
मेरो सबै लगानी त्यही क्षेत्रमा छ । म पार्टीमा जोडिएपछि १०÷१५ बर्ष त्यही बिताए । गदरिया, उर्मा, जुगेडा, बगंरा, बेली, मनेहरा, फुलबारी क्षेत्र त मेरो आधार क्षेत्र हो । यहाँ म निकै घुलमिल भएको ठाउँ हो । म पार्टीको नेतापनि हो, म उमेदवार मात्रै होइन, मैले यहाँ संगठन बनाउने काम देखी जनयुद्धमा यहाँका मुद्धा उठाउने काममा पुरै क्षेत्रमा घुलमिल छु । बिचमा गदरिया क्षेत्र बाहेक सबै क्षेत्रमा म उत्तिकै भिजेको छु । त्यस कारण यहाँको बिकासका बारेमा, समस्याका बारेमा मलाई राम्रा्रेसंग थाहा छ, त्यस कारण ति बिकासका एजेण्डा मैले बोकेको छु । त्यो क्षेत्रले अलीकति दौडधुप गर्ने र पहुँच राख्ने नेता पाएको छैन, अब म यहाँको बिकास गर्छु । म कता बस्छु भन्ने कुराले फरक पार्दैन ।
तपाइहरु जनताका अधिकारका लागी जनयुद्धमा होमिनुभएको हो, ५ बर्षे संघियतापछि त्यहाँको जिवनस्तर केही फेरिएको छ की ?
मैले गाउँमा जाँदा, बिषेसगरी गदरिया क्षेत्रमा म खासै सन्तुस्ट छैन । २०७४ सालमा हामीले एमालेसंग गठबन्धन गरेका थियौँ, संघमा नारदमुनी राना र प्रदेशमा नेपालु चौधरीलाई जिताएका थियौँ । तर उहाँहरुले गर्नुपर्ने बिकास नभएको मलाई लागेको छ । मतदाता सन्तुस्ट भए नभएको त मत परिणमबाट थाहा हुने हो । तर बाहिरको बस्तु स्थिती हेर्दा पानी पिच, ग्राभेल समेत नभएको देखियो । नदी कटानको समस्या उस्तै छ, बिकासको दृष्टीकोण दिनुपर्ने हो त्यो केही पाइएन । हिजो जिताएका नेताहरुले त्यो नगरिएको पाइयो ।
स्थानिय तह निर्वाचनमामा यस क्षेत्रबाट गठबन्धनका दुइटै उमेदपवार पराजित भएका थिए, यसपाली गठबन्धन बलियो बनेको छ त ?
हामी देशका ठुला पार्टी एक ठाउँमा छौँ, बलियो त मान्नुपर्छ । हिजो स्थानिय तहको निर्वाचनमा हामीसंग समय थोरै थियो । त्यो बेला सबै कमिटिहरु परिचालननै गर्न सकेका थिएनौ । दोश्रो कुरा वडामा गठबन्धन गर्न सकेनौँ, वडामा आ आफ्नै उमेदवार भएका कारण नतिजा राम्रो आएन । यस पटक हामीसंग समय पर्याप्त छ । हामीले सबै पार्टीका कार्यक्रता रहने गरी निर्वाचन परिचालन कमिटि गठन गरेका छौँ । गठबन्धनलाई जिताउनका लागी प्रशिक्षण दिइरहेका छौँ । स्थानिय तह जस्तो हुन्न बलियो तरिकाको गठबन्धन बनेको छ हामी चुनाव जित्छौँ ।
काग्रेंस माओवादीको गठबन्धन सफलनै हुँदैन यिनिहरुले एक अर्कालाई मत हाल्दै हाल्दैनन भन्छन नी ?
हामीले निकै छलफल चलाइसकेका छौँ । स्थानिय नेता कार्यक्रताको भ्रम चिरेका छौँ । २००७ सालदेखी सहकार्य गर्दै संबिधान समेत घोषणा गर्दा हामी संगै थियौँ । हामीहरुकै नेतृत्वमा संबिधान बनेको छ, त्यही संबिधान बचाउने सबैको धेय छ । त्यो कुरा सबै कार्यक्रता र नेताहरुले बुझिसक्नुभएको छ । हामीले ति मतदाताहरुलाई प्रस्ट पार्ने हो, केही भ्रम छरिएका छन् । हामीले यो गठबन्धन राष्टको सम्बृद्धीका लागी, गणतन्त्रको रक्षाका लागी गरेका छौँ भनेर प्रस्ट पार्ने बित्तिक्कै सबै प्रस्ट हुन्छ र हामी भारी मतका साथ बिजयी हुन्छौँ ।
बषौँदेखी रुखमा मात्रै भोट हालेकाहरु तपाइलाई मत हाल्छन् ?
हिजो ७४ सालमा यो समस्या हामीलाइपनि आएको थियो । टिप्पणी आएका थिए केही ठाउँ बाहेक राम्रै नतिजा आएको थियो । अहिलेपनि टिप्पणी आउँछन्, शेर बहादूर देउवाले हँसिया हतौडामा मत हालिसकेका छन् भने उनका कार्यक्रताले मत हाल्दैनन् भन्ने बिश्वास लाग्दैन । मतदाताहरुलेपनि हामीलाई हिजो मत हालेकै हुन्, हसिया हतौडामा मत हाल्न काग्रेंस र रुखमा मत हाल्न हाम्रो कार्यक्रताले कुनै अप्ठ्यारो मान्नुपर्ने छैन ।
गठबन्धन सत्ता प्राप्तीका लागी मात्रै देखियो किन ?
आरोप लाग्छ । मान्छेलाई शंका लाग्छ, हामीले स्पस्ट पारिरहेकापनि छौँ । हजारौँको कुर्वानीबाट आएको ब्यवस्था बचाउन त धेरैले कुर्वानी दिनुपर्ने छ नी, सबै निर्वाचन क्षेत्रमा सबै दल लड्न तयार थिए नी, तर हामीले आफ्ना सिट घटाएरपनि गठबन्धन गरेका छौँ । यो ब्यवस्था बचाउन मिल्नुको बिकल्प देखिएन त्यस कारण यो कुनै कुरा भागबण्डासंग जोडिएको छैन ।
काग्रेंसभित्रकै आन्तरिक किचलो छ, अनी त्यसमै पाँच दलिय गठबन्धनभित्र तपाइहरु सफल होला त ?
काग्रेंसका जिम्मेवार नेताहरुले पार्टीलाई मिलाउन निकै प्रयास गर्नुभएको छ । स्थानिय तह जस्तो पार्टी निर्णय बिरुद्ध थुप्रो मान्छे जान्नन, केही त जान्छन नै हाम्रै पार्टीमापनि जानुभएको छ । धेरै यतिबेला पार्टी निर्णय बिरुद्ध जान्नन् हामीले सफलता प्राप्त गछौँ ।
प्रचार प्रसार कसरी अगाडी बढाउनुहुन्छ अब ?
हामीले टोल कमिटि बनाएका छौँ । ति मार्फत हामी मतदातासंग पुग्ने कोसिस गर्छौँ । निर्वाचन आयोगले दिएको तालिका अनुसार सबै मतदाताको घरमा जाने, भेला गर्ने, प्रशिक्षण दिने काममा हामी लाग्छौँ । अहिले टोल मार्फत मतदातासम्म पुग्ने काममा हामी लागिरहेका छौँ ।
तपाई उमेदवार गठबन्धनको हुनुहुन्छ तर मत तान्न सबै मतदातामाझँ साझा ब्यक्ती बन्नुपर्ला कसरी आफुलाई जनतामाझँ उभ्याइराख्नुभाछ ?
म एउटा पार्टीबाट टिकट पाएको छु । त्यो टिकट पाउने माध्यमपनि हो । मैले धनगढीका लागी काम गरेको छु । आर्थिक, भौतिक बिकासमा मेरो योगदान छ । ब्यक्तीगत सहयोग मैले यही क्षेत्रका मान्छेहरुलाई गरेको छु । त्यस कारण निर्वाचन भइसकेपछि म सबैको साझा मान्छे बन्छु भनेको छु, अहिलेपनि म युवा हो काम गर्न सक्छु, सबैले मलाई माया गरिरहेका छन्, गर्नेपनि छन्, मैले अनुभुती गरिरहेको छु । पार्टी या पार्टी बाहिरको मान्छेले रमेश धामीलाई जिताउनुपर्छ भनेर छलफल चलिरहेको छ । म निर्वाचित भएपछि यस क्षेत्रको बिकासका लागी भुमिका खेल्न सक्छु भनेरै उमेदवार बनेको हुँ । यहाँका मतदाताले मलाई बुझेका कारण म माया पाउनेमा बिश्वस्त छु ।
जनयुद्धमा प्रभावित भएकाहरुले त तपाइहरुप्रती प्रश्न उठाउँ छन नी, कसरी बुझाउनुहुन्छ ?
यो कुरा २०७४ मा पनि उठेको थियो । केही ठाउँमा अहिलेपनि उठिरहेको छ । धेरै ठाउँमा जवाफ दिएको छु । धेरै हाम्रा पार्टीका मान्छेहरुले चुनाव जितेर, ठुलो पदमा पुगेर अर्कै पाटीमापनि जानुभाछ । माओवादीबाट म कुन प्रकारको क्षमा माग्नुपर्ने छ म माग्छु । हिजो त्यस्ता क्रियाकलाप गर्नेहरु हाम्रो पार्टीमा हुनुहुन्न । मैले अहिले चुनाव लड्ने अवशर पाएको छु, म पार्टीको तर्फबात क्षमा माग्छु, अब गर्नुपर्ने कामको जिम्मा म लिन्छु, हिजो जान अनजानमा गल्ती भएका होलान, त्यता नफर्किउ, त्यही कारण आज यो ब्यवस्था आएको छ हामीले सबै अधिकार पाएका छौँ त्यस कारण बिगत भन्दा आउने समयलाई सफल बनाउने तिर लाग्नुपर्छ ।
रमेश धामीलाई जिताए भने के हुन्छ, कस्तो बिकास हुन्छ भनेर जनतालाई भन्ने त ?
धेरै ठुलो कुरा म गर्दैन । मेरो आत्मबल, आत्मबिश्वासले मलाई बिश्वास गर्नुपर्ने जरुरी देख्छु । मैले काम गर्छु, तपाइहरुकै सल्लाहमा गर्छु, बिकासको मोडेलको प्रक्रिया शुरु गर्छु । गदरियालाई केन्द्रबिन्दु बनाएर लगानी गर्नुपर्छ, त्यो क्षेत्रलाई शहरसंग जोड्नेछु, म चुनाव हारेपनि लाग्छु । भादा बिकट छ, रामपुर, डमौलिया लगायतका क्षेत्र अँझै बिकट छन्, यहाँ लागु भएका जनप्रतिनिधिले यस क्षेत्रमा काम गर्न सकेनन्, म यि यस्ता जनताका समस्यालाई आफ्ना समस्या ठानेर म काम गर्ने छु । धेरै आफ्ना एजेण्डा भन्दापनि जनताका जे एजेण्डा हुन ति मेरा एजेण्डा हुने छन् ।
म युवा हुँ, जिवनका महत्वपुर्ण दिन बिताएको छु । सानै उमेरमा यही क्षेत्रमा पसिना बगाएको छु । कर्मथलो यहि क्षेत्रलाई बनाएको छु । प्रदेशबाट के हुन्छ, संघबाट के हुन्छ म पहल गर्छु काम गर्ने छु । मलाई एक पटक भारी बोकाउनुस, म काम गर्ने छु ।