काठमाडौं। राष्ट्रिय सेवा सम्मान,२०७९ बाट डाक्टर निरज अर्याल सम्मानित भएका छन्। फोकल नेपालसंस्थाद्वारा शुभ दिपावलीको अवसरमा शनिवार काठमाडौंमा आयोजित सम्मान प्रदान तथा देउसी भैलो विशेष सांस्कृतिक समारोहमा डाक्टर अर्याल सम्मानित भएका हुन्।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुदुरपश्चिम प्रदेशका निर्देशक समेत रहेका वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर अर्याललाई स्वास्थ्यकर्म, राष्ट्र बिकास तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय सेवा सम्मान,२०७९ बाट सम्मान गरिएको हो। अर्याललाई फोकस नेपालका अध्यक्ष रामचन्द्र नेपाल, प्रमख अतिथी उपराष्ट्रपती नन्द बहादुर पुन तथा बिशिष्ठ अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सम्मान गरेका हुन् ।
उनलाई प्रदान गरिएको राष्ट्रिय सेवा सम्मान पत्रमा भनिएको छ, लामो समयदेखि अत्यन्त निष्ठा समर्पणका साथ बरिष्ठ राष्ट्र सेवक चिकित्सक, स्वास्थ्यकर्मी तथा समाजसेवीका रुपमा निरन्तर निष्ठापुर्वक सक्रिय रहँदै आउनुभएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बिभिन्न सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र बिकास र सामाजिक सेवामा पुर्याउनु भएको योगदान प्रशंसनिय र अतुलनिय रहने छ । र सो क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।