कैलाली क्षेत्र नम्बर ५ ‘ख’का उम्मेदबार प्रकाशबहादुर देउवाले गठबन्धनको प्रदेश देखी केन्द्र सरकार बन्ने भएकोले बिकासका लागि गठबन्धनका उम्मेदबार जित्न आवश्यक रहेको बताएका छन् । आफु पनि गठबन्धनबाटै उम्मेदबार भएकोले आफु जितेमा सबै बिकासका योजना ल्याउन सहज हुने दाबी गरेका छन् ।
मंगलबार धनगढी ४को वडाको चुनावी भेलालाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन् । अहिले दल नै नभएका उम्मेदबार पनि बिकास गर्ने सपना बाड्दै भोट मागिरहेको बताउदै देउवाले जनताका बिकसका लागि यहाहरु सामु लिखित रुपमा प्रतिबद्धता समेत व्यक्त गर्न तयार रहेको बताएका छन् ।
‘प्रदेश सभाको सदस्यमा निर्वाचित भएपछि जनताको माझमा रहने छु’ देउवाले भने–‘म जस्तो युवाले बिकास गर्न नसके कसैबाट पनि सम्भव हुदैन ।’