डोटी। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् । यसअघि डोटीमा आले र सुदूर पश्चिम प्रदेश सभापति बीर बहादुर बलायरबीच प्रतिस्पर्धा भएको थियो। दुबै जना पूर्व मन्त्रि हुन्।
दुबै जनाको अडानका कारण डोटीमा यसअघि सहमती जुट्न सकेको थिएन । नेपाली काँग्रेसले कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्बाचनमा नेपाली काँग्रेसका सुदूर पश्चिम प्रदेश सभापति बीर बहादुर बलायरलाई उम्मेदवार बनाएको छ । आलेलाई नेकपा एमालेसहित विभिन्न दलबाट ३ र स्वतन्त्र २ उम्मेदवारले चुनौती दिँदैछन्। डोटीमा नेकपा एमालेले गौरी कुमारी ओलीलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले केशव बलायरलाई उम्मेदवार बनाएको छ । डोटीमा राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का स्वतन्त्र उम्मेदवार छन्।