डडेल्धुरा। डडेल्धुराको प्रदेश ख मा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीले चुनाव चिन्ह लाल्टिन पाएका छन् । गठबन्धनबाट टिकट नपाएपछि आइतबार डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनप्रती असन्तुष्टि जनाउदै प्रदेश ख मा डा. जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।